header AD
संक्षिप्त विवरण

साविक करौंता,बरवासी,थु.पिप्रहवा, फरेना, रोइनीहवा, असुरैना, बेतकुईंया गाविसलाई गाँभेर बनेको सम्मरीमाई गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत लुम्बिनी अञ्चलको रुपन्देही जिल्लाका १० गाउँपालिका मध्ये एक हो । पूर्व पश्चिम हुलाकी सडक अन्र्तगत भैरहवा लुम्विनी खण्डको बनगाईदेखि करीब २० किलोमिटर दक्षिण, २७.३८९७७० पूूर्वी देशान्तर र ८३.३०००८६ उत्तर अक्षांशसम्म अवस्थित यो गाउँपालिका समून्द्र सतहदेखि करिब ९२.१ मिटरको उचाइमा छ । ५०.७८ बर्ग किलोमिटर (श्रोतःसंघिय मामिला तथा स्थानीय विकास मन्त्रालय) क्षेत्रफल भएको यो गाउंपालिका रुपन्देही जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ४ मा पर्दछ । पूर्वमा मर्चवारी गाउंपालिका, पश्चिममा लुम्विनी सांस्कृतिक नगरपालिका, उत्तरमा कोटहीमाई गाउंपालिका र दक्षिणमा भारतको उत्तरप्रदेश सिमाना भित्र उत्तर पश्चिम हुदै बग्ने दानव नदीसंगै प्राकृतिक, भौगोलिक, सास्कृतिक, मनोरमताले यो गाउँपालिका सिंगारिएको छ । खुल्ला दिसा मुक्त र पूर्ण खोपयूक्त यस गाउँपालिकाको चारैतिर कृषि खेतीयोग्य जमीन रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस गाउँपालिकामा रैथाने शुक्ला, यादब, पासी, लोनिया, लोध, कुर्मी, बरै, जैसवाल, कलावर, हरिजन, गुप्ता, मुसलमान लगाएत जातजातिका साथसाथै विभिन्न धर्म र संस्कृतिका ७२४२ घर धुरी रहेको छ जसमा महिला २१,५३३ र पुरुष २१,५११ गरी जम्मा ४३,०४४ जनसंख्या रहेको छ । यस्तै यहाँको लिगंको अनुपात १०४ र गरिवि रुपन्देही जिल्लाका स्थानीय निकाय मध्ये सबै भन्दा बढी ३४.६६% रहेको छ । सम्मरीमाई गाउंपालिका रुपन्देही जिल्लाको कम विकसित गााउंपालिकाहरु मध्ये एक हो । यसको भुबनोट समथर एकै खालको छ। समतल भू-भाग र उर्वर मलिलो माटो कारण प्रशस्त कृषि उत्पादन हुने संभावना भएता पनि भद्र महिना को पानीको श्रोत नभइ आकाशे पानीको भर पर्नुपर्ने अवस्था र आज भोलि धर, धडेरी, मोटर बfटो निर्माण, कृषिमा मानिसको कम प्राथमिकता आदि कारणले उत्पादन दिन प्रतिदिन धटदै जानुका साथसाथै वातावरणमा प्रतिकूल असर समेत परेको छ। यहां मौसम अनुसारका खेती बाहै महिना गर्न सकिन्छ। मुख्य बाली धान, गहुं, मकै, मास, मसुरो, रहर, आलस, तोरी, सुर्यमुखी, मम्फूली, आलु आदि हुन । आजभोलि व्यवसायिक रुपमा बेमौसमी तरकारी खेती, च्याउ खेती, पशुपालन, हांस, कुखुरापालन गरिदै आएको छ। उत्पादित खाद्यन्न तथा तरकारी नजिकैका स्थानीय हाडबजारहरु (पर्सहवा, करौता। थु पिप्रहवा र बेतकुईंया), भैरहवा र बुटवलमा बेचबिखान गरिन्छ । यस गाउंपालिकामा प्रदेशीय हावापानी पाइएता पनि बाह्रै महिना एकैनासको हावापानी छैन । चैत्र महिनादेखि भाद्रसम्म गर्मी हून्छ। आश्विन, कार्तिक, मंसिर र फागून र चैत्रमा यहांको हावापानी समशितोष्ण हून्छ भने पौष र माध महिनामा निकै जाडो हून्छ । जेष्ठ को अन्त्यदेखि भाद्रसम्म मनसूनी वायूका कारण बर्षा हूने गर्छ ।

आधारभूत जानकारी
Lumbini
Rupandehi
गाउँपालिका
- sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 43044
Male 21511
Female 21533
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at -
Website -
Map coordinates not available